टिभी र हलमा एक साथ सिनेमा रिलिजमा रोक, ‘रुद्रप्रिया’ होला त रिलिज ?

टिभी र हलमा एक साथ सिनेमा रिलिजमा रोक, ‘रुद्रप्रिया’ होला त रिलिज ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ असोज ११ मा राजधानी रिलिज भएको सिनेमा ‘मेरो पैसा खोई’ उक्त मितिमै डीसहोम टेलिभिजनमा पनि रिलिज गरिएको थियो । त्यसको एक साता पछी मात्र राजधानी बाहिर रिलिज भएको ‘मेरो पैसा खोई’लाई मोफसलका दर्शकले टिभीमा हेरिसकेका थिए ।

त्यस्तै कार्तिक २ गते अलनेपाल रिलिज हुन् लागेको प्रतिक्षित सिनेमा ‘रुद्रप्रिया’ पनि सँगै डीसहोममा रिलिज हुने जानकारी डीसहोम टेलिभिजनले गरेको गराएको थियो । तर, चलचित्र संघ नेपालले एकसाथ डीसहोम र हलमा सिनेमा रिलिज हुन् नपाउँने निर्णय सार्वजनिक गरेको छ ।

हलमा सिनेमा रिलिज भएको ३ साता पछी मात्र टेलिभिजनमा सिनेमा रिलिज गर्न पाईने निर्णय गरिएको संघका अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए । सोमबार बसेको बैठकबाट संघले यस्तो निर्णय गरेको हो ।

तर, कार्तिक २ गते रिलिज हुने ‘रुद्रप्रिया’को हकमा यो निर्णय लागु होला की नहोला ? टिभीमा रिलिज हुने नहुने टुंगो नलागे पनि कार्तिक २ भने ‘रुद्रप्रिया’ हलमा रिलिज हुनेछ ।