रुद्रप्रिया: ८ वर्ष पछी रेखा र आर्यनको लोभलाग्दो लभ केमेस्ट्री ! (भिडियो)

रुद्रप्रिया: ८ वर्ष पछी रेखा र आर्यनको लोभलाग्दो लभ केमेस्ट्री ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ कार्तिक २ गते रिलिज हुने सिनेमा ‘रुद्रप्रिया’को तेस्रो गीत सार्वजनिक भएको छ । यसअघि डान्सिङ नम्बर र स्याड सङ रिलिज गरेको ‘रुद्रप्रिया’ युनिटले ‘तिमि बाहेक अरु…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

गीतमा ८ बर्ष पछी रेखा थापा र आर्यन सिग्देललाई दर्शकले रोमान्टिक मुड देख्न पाउनेछन् । ‘कसले चोर्यो मेरो मन’ पछी यहिँ गीतमा आर्यन र रेखा रोमान्टिक भएर प्रस्तुत भएका हुन् ।

अम्बिका शर्माको शब्द सिर्जना रहेको गीतमा लभ सङ फेवरेट संगीतकार अर्जुन पोखरेल संगीत भरेका छन् । सनूप पौडेल र अन्जु पन्तको स्वर समावेश गीतमा ‘चिरबिर चिरबिर चाँचरी’ डेब्यु कोरियोग्राफर प्रविण सिंहको कोरियोग्राफी छ ।

सुदीप बबी भुसाल सिंहले निर्देशन गरेको ‘रुद्रप्रिया’ अहिले चर्चामा रहेको सिनेमा हो । रमेश एमके पौडेलले लगानी गरेको सिनेमामा रेखा र आर्यनका अलावा राजन इशानको पनि मुख्य भूमिका छ । सिनेमाको निर्मातामा सरस्वती थापा र आर्यन फिल्मस् छन् ।