‘रुद्रप्रिया’को कथा र भूमिकामा डुबेकी रेखा !

‘रुद्रप्रिया’को कथा र भूमिकामा डुबेकी रेखा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ वर्षको प्रतिक्षित जोडी रेखा थापा र आर्यन सिग्देललाई हेर्न अब केहि दिन मात्र बाँकी रहेको छ । ‘रुद्रप्रिया’ लक्ष्मी पुजाको दिन अर्थात् कार्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुन् तयार भैसकेको छ ।

स्टार, व्यानर, गीत/संगीत, ट्रेलर र विभिन्न कारण प्रतिक्षित रहेको यो सिनेमा रेखाको लागि डेब्यु जस्तै छ । रेखा भन्छिन ‘कथाबस्तु र मेरो भूमिकाका कारण यो सिनेमालाई डेब्यु जस्तै मानेकी छु । ‘हिरो’ रिलिज हुँदा मेरो अभिनय वा मलाई कसरी लिनुहोला भन्ने थियो, यसपटक ठ्याक्कै त्यही महसुस गरिरहेको छु । यसपटक मभन्दा पनि मेरो फिल्म बोलोस् भन्ने लागेको छ।’

रेखाले ‘रुद्रप्रिया’को स्क्रिप्ट सुन्न बितिकै सिनेमा निर्माणको लागि राजि भएकी थिइन् । ‘म ‘रुद्रप्रिया’को कथामा यति धेरै लठ्ठिए की मैले आफ्नो अर्को सिनेमाको निर्माणलाई पछाडी सारेर निर्देशक सुदीपबबी भुसाल सिंहसँग यो सिनेमा गर्न राजी भए ।’ रेखाले सुनाइन् ।

रेखा फिल्मसको व्यानरमा निर्माण भएको यस सिनेमामा रेखा र आर्यनसँगै राजन इशानको पनि मुख्य भूमिका छ । रमेश एमके पौडेल कार्यकारी निर्माता रहेको ‘रुद्रप्रिया’का निर्मातामा सरस्वती थापा र आर्यन फिल्मस पनि छन् । सिनेमाको प्रस्तुतकर्ता रेखा स्वयम् हुन् ।