‘रुद्र’ रिलिज अगावै हल-हलमा निखील !

‘रुद्र’ रिलिज अगावै हल-हलमा निखील !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ मा प्रदर्शन हुने सिनेमा ‘रुद्र’ अहिले प्रचार-प्रसारको केन्द्रविन्दुमा छ । रिलिज मिति आउँन केहि दिन मात्र बाँकी रहँदा ‘रुद्र’ टिम काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर सिनेमा प्रचार गरिरहेको छ ।

प्राय सिनेमा हलमा रिलिज भएपछी मात्र निर्माण युनिट हल रिपोर्ट बुझ्न दर्शक कहाँ उपस्थित हुन्छन । तर, ‘रुद्र’ टिमले भने प्रचारमा नयाँ कदम उठाउदै शनिबार हल-हलमा पुगी सिनेमाको प्रचार गर्न भ्यायो । सिनेमाका कलाकारद्वय निखिल उप्रेती, सारा, विश्व, निर्देशक रामजी लामिछाने, द्वन्द निर्देशक हिमाल केसी र वितरक गोपाल कायस्थ लगायतको टिम काठमाडौँ, भक्तपुर, ललितपुर र बनेपाका विभिन्न हलमा पुगेर दर्शकलाई सिनेमाको बारेमा जानकारी गराए ।

निखिलसँगै विश्व र सारा हलमा पुग्दा दर्शकले ‘रुद्र’ रुद्र’ को हुटिङ गरे, सेल्फी र तश्विरमा रमाए । ‘नजिकबाट दर्शकसँग साक्षात हुने अनि ‘फेस टु फेस’ सिनेमाको बारेमा जानकारी पुर्याउने हेतुले नै हल-हलमा पुगेका हौं, निखिलले भने, ‘ दर्शकले ‘रुद्र’को बारेमा लिएको चासो तथा मेरो सिनेमा प्रतिको पर्खाईले उत्साहित बनाएको छ, शुक्रबार रिलिज हुँदै गर्दा राम्रो साथ मिल्नेमा विश्वस्त छु ।’

यो सिनेमामा निखिल पहिलो पटक भिलेन अवतारमा प्रस्तुत हुदैछन् । एक्सन लभस्टोरी सिनेमा ‘रुद्र’को ट्रेलरलाई रुचाइएको छ ।