Announced: ‘रुद्रप्रिया’ बनाउदै रेखा, सुदीपको निर्देशनमा सुदर्शन र अर्पण लिडमा

Announced: ‘रुद्रप्रिया’ बनाउदै रेखा, सुदीपको निर्देशनमा सुदर्शन र अर्पण लिडमा

द सिनेमा टाइम्स
0
Shares

भर्खरै राप्रपा प्रवेश गर्दै राजनीतिमा सक्रिय देखिएकी अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् ।

यसपाली रेखाको फिल्म निर्माण कम्पनी रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामा ‘रुद्र प्रिया’ गरिएको छ । ‘रुद्र प्रिया’ रेखाले यसअघी बनाउदै आएको फिल्म भन्दा नितान्त फरक बिषयबस्तु र प्रस्तुतिमा बन्ने छ जसको शिर्ष भूमिकामा रेखा स्वयम् प्रस्तुत हुनेछिन्। ‘रुद्र प्रिया’ लाई ‘सुदिप भूपाल सिंह(बब्बी)ले निर्देशन गर्नेछन् जसले यसअघी माला’ नामक फिल्मको निर्देशन गरि चर्चा कमाएका थिए ।

‘रुद्र प्रिया’ मा दुई   निर्देशक एबं कलाकार सुदर्शन थापा अनि अर्पण थापा   रेखा संगै स्क्रिन सेयर गर्नेछन् । आगामी चैतदेखि छायाँकन सुरु हुने ‘रुद्र प्रिया’को रिलिज डेट समेत फाईनल गरिएको छ, अर्को बर्षको दशैंमा यो फिल्म रिलिज हुनेछ ।

फिल्ममा सुरेश अधिकारीको संगीत रहने छ भने संजय लामाको सिनेमाट्रोग्राफी रहने पक्का भईसकेको छ । फिल्मकी निर्मात्री रेखाकी आमा सरस्वती थापा रहनेछिन भने ‘सिम टिभिका प्रमुख रमेश पौडेलले रेखासँग पचास प्रतिशत सेयर निर्माण साँझेदारी गर्ने छन् । रेखाका अघिल्ला फिल्म जस्तै ‘रुद्र प्रिया’ नारी प्रधान कथामा बन्ने छ तर प्रस्तुति भने निकै फरक रहने बताईएको छ ।