पोस्टरबाटै बढ्यो रेखाको ‘रुद्रप्रिया’को हाइप, दर्शकको पर्खाई कार्तिक २ !

पोस्टरबाटै बढ्यो रेखाको ‘रुद्रप्रिया’को हाइप, दर्शकको पर्खाई कार्तिक २ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २ गते रेखा थापा र आर्यन सिग्देल स्टारर सिनेमा ‘रुद्रप्रिया’ प्रदर्शनमा आउँदैछ । ८ वर्षको अन्तराल पछी पर्दामा सँगै आउँन लागेको यो जोडीलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

सिने क्षेत्रका यी दुई स्टारलाई ८ वर्ष पछी एकै पोस्टरमा दर्शकले देखिसकेका छन् । र, पोस्टर रिलिज भएसँगै नेपाली सिने बजार यी दुईको चर्चा चुलिएको छ । पोस्टरबाटै हाइप बनाएको यो सिनेमालाई यतिबेला व्यग्र प्रतिक्षा गरिएको छ । फस्टलुक पोस्टरबाटै पाएको चर्चाले यतिबेला रेखा उत्साहित छिन ।

कलात्मक, गहकिलो पोस्टरबाट सिनेमामा गहिरो कथा लुकेको अनुमान लगाउन सकिन्छ । यसअघि प्राय लभस्टोरी सिनेमामा देखा परेका आर्यन र रेखा ‘रुद्रप्रिया’को पोस्टरमा भने मौन प्रस्तुत भएका छन् । रेखा र आर्यनलाई भिन्न रुपमा देख्न पाएपछी दर्शक माझ ‘रुद्रप्रिया’लाई लिएर कौतुहलता सिर्जना भएको छ ।

सुदीप बबी भूपाल सिंहको निर्देशनमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, सुरेश अधिकारीको संगीत, संजय लामाको छायाँकन, पटकथा रुबी सेन र निर्देशक स्वयम्को छ ।  ‘रुद्रप्रिया’मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।