के छ रेखा र आर्यनको ‘रुद्रप्रिया’ भित्र ? हेर्नुहोस् ट्रेलर

के छ रेखा र आर्यनको ‘रुद्रप्रिया’ भित्र ? हेर्नुहोस् ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २ गते रिलिज हुने बहुप्रतिक्षित सिनेमा ‘रुद्रप्रिया’को ट्रेलर रिलिज भएको छ । साढे २ मिनेट लामो ट्रेलरमा ८ वर्ष पछी रेखा थापा र आर्यन सिग्देलको लोभलाग्दो केमेस्ट्री देखिएको छ ।

स्टनिङ लाईटिंग र छायाँकनले भरिएको ट्रेलरमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट दृश्य समावेश छन् । सुदीप बबी भुसाल सिंहको निर्देशनमा बनेको सिनेमामा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ । संजय लामाको छायाँकन रहेको सिनेमामा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।

सरस्वती थापा र रमेश एमके पौडेल निर्मित सिनेमाका दुई गीतलाई दर्शकले रुचाईसकेका छन् । ‘रुद्रप्रिया’मा रुबी सेन सिंह र निर्देशकको कथा/पटकथा छ ।