‘रुद्रप्रिया’: अडियो गीत सार्वजनिक, भिडियोको उल्टो गन्ती सुरु

‘रुद्रप्रिया’: अडियो गीत सार्वजनिक, भिडियोको उल्टो गन्ती सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ मा प्रदर्शन हुने प्रतिक्षित सिनेमा ‘रुद्रप्रिया’को अडियो गीत रिलिज भएको छ । ‘मेरो माया छ भने…’ बोलको गीत तिहारमा देउसी-भैलो खेल्ने दर्शकका लागि कम्मर मर्काउन उपहार हुन सक्छ ।

यस डान्सिङ नम्बरमा हिट संगीतकार राजनराज सिवाकोटी शब्द/संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।

सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको सिनेमा ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । भने, निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको सिनेमामा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।

भिडियो साउन १८ मा:- यो गीतको भिडियो निर्माण समय देखिनै प्रतिक्षित छ । सिनेमाले बन्दीपुरमा आउटडोर भव्य सेट बनाएर गीतको छायाँकन गरेको थियो । १८ लाख माथिको खर्चमा निर्माण भएको भिडियो साउन १८ मा सार्वजनिक हुदैछ ।