‘रुद्र’मा निखिलको धमाकेदार एक्सन (ट्रेलर)

‘रुद्र’मा निखिलको धमाकेदार एक्सन (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ गते रिलिज हुने सिनेमा ‘रुद्र’को अफिसयल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम बीच सिनेमाको बारेमा जानकारी दिदै निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्यो ।

ट्रेलरमा अभिनेता निखिल उप्रेतीको धमाकेदार एक्सन देख्न सकिन्छ । विश्व शर्मा र सारा मुख्य भूमिकामा डेब्यु सिनेमामा निखिललाई खलपात्र रुपमा भेट्न सकिने निर्माण युनिटले जानकारी दिएको छ ।

निखिल उप्रेती प्रोडक्सन र विश्व प्रोडक्सनको व्यानरमा निखिल उप्रेतीको प्रस्तुति रहेको सिनेमामा कल्पना कुमारी कटुवाल र भक्तप्रसाद शर्माको लगानी छ ।

रामजी लामिछाने निर्देशित सिनेमामा हिमाल केसीको द्वन्द, सौरभ लामाको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, दिनेश सुनम र निखिल उप्रेतीको संगीत सिर्जना छ ।

सिनेमामा निखिल, सारा र विश्वसँगै रोय देप, धुर्व कोइराला, ज्याक श्रेष्ठ, भास्कर ओली, अनिल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/_idh6o2zuM8