‘रोजी’को नाम परिवर्तन बन्यो ‘रोज’

‘रोजी’को नाम परिवर्तन बन्यो ‘रोज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – प्रदीप खड्का स्टारर सिनेमा ‘रोजी’को रिलिजको संघारमा नाम परिर्वतन गरिएको छ । अब यो सिनेमाको नाम ‘रोजी’ नभएर ‘रोज’ राखिएको निर्माण टिमले बताएको छ । काठमाडौं वडा नक्बर १५ मा बस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नी मृतक छोरी रोजी महर्जनको हत्याकाण्डसँग सिनेमाको नाम मिल्ने भन्दै अनको परिवारले पटक पटक निर्माण टिमलाई नाम परिवर्तनका लागी दबाब दिएका थिए ।

बिहिबार चलचित्र बिकास बोर्डमा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट उनका पिता गोबिन्द महर्जन एवमं आमा नानीमैया महर्जनबीच भएको सहमतीमा सिनेमाको नाम रोजी नराख्ने र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने दिखित सहमती भएको छ । यो सम्झौता पश्चात रोजीको परिवारले सिनेमा रिलिजको क्रममा कुनै अवरोध गर्ने बताएका छन् ।

सिनेमाका निर्देशक निरक पौडेलले भने–‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

गोपिकृष्ण मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।