‘रोजी’को गीतमा म्युजिकल्ली बनाउनेलाई लाख पुरस्कार

‘रोजी’को गीतमा म्युजिकल्ली बनाउनेलाई लाख पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘रोजी’ले केहि दिन पहिले सार्वजनिक ‘फुल हैन’ गीत माथी म्युजिकल्ली प्रतिस्प्रर्धा आयोजना गरिएको छ । भिडियो साझेदारी साइट युट्युबमा छोटो समयमा राम्रो प्रतिक्रिया पाइरहेको यो गीतमा इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् ।

‘रोजी’ निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले लोभलाग्दो पुरस्कार राशी सहितको म्युजिकल्ली कन्टेस्ट घोषणा गरे । संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पेजको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले चाहेको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर कथामा सिनेमा निर्माण गरिएको छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।