प्रदीपको रोज ट्रेलर रिलिज

प्रदीपको रोज ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गते रिलिज हुने सिनेमा ‘रोज’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य तीन पात्र प्रदीप खड्का , मिरुना मगर र परमिता आरएल राणाको वरिपरि घुमेको छ ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमा ‘रोज’लाई निरक पौडलले निर्देशन गरेका हुन् । गोपी कृष्णा मुभिज र आरोहि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । ‘रोज’मा आयरा पौडल र आरोहि केसीको लगानी रहेको छ ।

सिनेमामा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेकोछ । सिनेमाले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । ‘रोज’मा प्रदीप खड्का, मिरुना मगरका अलवा परमिता राणा कर्मा, बरुण राणा लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ ।