प्रदीप र परमिता स्टारर ‘रोज’ गीत रिलिज (भिडियो सहित)

प्रदीप र परमिता स्टारर ‘रोज’ गीत रिलिज (भिडियो सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबारबाट रिलिज भएको सिनेमा ‘रोज’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सस्पेन्स खुल्ने डरले ‘रोज’मा समावेश दोस्रो गीत ‘तिम्रो पछि पछि…..’ सिनेमा रिलिज भएको एक साता पश्चात सार्वजनिक गरिएको हो । यो गीतमा सिनेमाका मुख्य दुई पात्र प्रदीप खड्का र परमिता आरएल राणालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको शब्द रहेको गीतमा नेपाल आइडलका फस्ट रनरअप निशान भट्टाईको स्वर छ । गीतमा सुपरस्टार अभिनेता प्रदीप खड्का अभिनेत्री परमिता आरएल राणाको एकतर्फि प्रेममा परेको देखाइएको छ ।

बक्सअफिसमा आशातीत व्यापार गर्न नसकेको सिनेमाले एक सोझो युवा कसरी अपराधि बन्छ भन्ने कथा पेश गरिएको छ । गोपी कृष्णा मुभिज र आराही इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई निरक पौडेलले निर्देशन गरेका हुन् । सिनेमामा प्रदिप र परमिताका अलवा मिरुना मगर, बरुण राणा, कर्मा शाक्य, पल्पसा डंगोल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।