रुट नं. २३ मा सौगात र नम्रता लिड, बैशाखमा फ्लोर जाने तयारी

रुट नं. २३ मा सौगात र नम्रता लिड, बैशाखमा फ्लोर जाने तयारी

द सिनेमा टाइम्स
0
Shares

विग बजेट भनिएको चलचित्र रुट नं २३ मा सौगात मल्ल र नम्रता श्रेष्ठ मूख्य भुमिकामा देखिने भएका छन् । चलचित्र छड्के पछि पछिल्लो समय यी कलाकाहरु रहेको कुनै पनि चलचित्र दर्शक माझ आएको छैन । रुट नं. २३ मा नम्रता र सौगातसँगै देखिन लागेको चलचित्र रुट नं. २३ स्रोतले बताईएको छ । चलचित्र बैशाख दोश्रो साताबाट बाट फ्लोरमा जाने भएको छ । रंग पत्रकार तथा निर्देशक समीर बलामीले निर्देशन गर्ने फिल्ममा नायक सौगात मल्ल, नायिका नम्राता श्रेष्ठ, बुद्धि तामाङ, मेनुका प्रधान, सुधिर श्रेष्ठ लगायतको अभिनय रहने स्रोतले बताईएको छ । चलचित्रमा अर्पण थापाको पनि अभिनय रहने सक्ने अनुमन गरिएकोे छ । चलचित्रका निर्माताहरुमा अष्ट्रेलियाबाट विकास श्रेष्ठ, युकेका दिपेन्द्र शाक्य रहेका छन् । चलचित्रका कार्यकारी निर्माता राजेनद्र प्रसाद त्रिपाठी हुन् । उनी प्रध्यापक समेत हुन् । यस अघि चलचित्र फाल्गुनमा फ्लोरमा जाने बताईएको थियो । चलचित्रमा रहने कलाकारहरुको कारण चलचित्रको छायांकन सारिएको निर्माण पक्षको भनाई छ । काठमाडौं, पोखरा र हिमाली भेगमा छायांकन गरिने चलचित्रले चैत्रको दोश्रो साताबाट वर्कशप चलाईने भएको छ । एक करोड पचास लाख लगानीमा निर्माण हुन लागिएको चलचित्रमा कलाकार लगायत सम्र्पूर्ण टेक्निसियनहरु राम्रा र पुराना हुनेछन् । चलचित्रलाई पुरुशोत्तम प्रधानले खिच्नेछन् । चलचित्रमा अर्जुन कुमार पोखरेलको संगीत रहनेछ भने चन्द्र पन्त चलचित्रको द्धन्द निर्देशकको रुपमा रहने भएको छ । यस्तै कोरियोग्राफरमा भने निर्माण टिम खुल्न नसकेको स्रोतले बताईएको छ ।