‘रोमियो’को लिरिकल भिडियो सार्वजनिक

‘रोमियो’को लिरिकल भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

प्रदर्शनको  तयारीमा रहेको चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।यो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो ।यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बुन, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । टिजर सार्वजनिक भएस“गै चर्चामा रहेको यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो पनि चर्चामा छ ।त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा खुबै ध्यान दिइएको निर्माता तथा नायक हसनराजा खान बताउ“छन् ।