ट्रेलर अलर्ट: ‘रोमियो’सँग कसको विछोड ?

ट्रेलर अलर्ट: ‘रोमियो’सँग कसको विछोड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २४ लाई रिलिज मिति तय गरेको सिनेमा ‘रोमियो’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरलाई प्रेममय बनाएइको छ ।

सिनेमा भित्र निशा अधिकारी देह व्यापार गर्ने महिलाको रुपमा हुन् सक्ने ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । सिनेमामा हसनरजा खान, मेलिना मानन्धर, भानु प्रताप, ओशिमा बनु, बिपेन मिक्की गुरुङ, विकाश खतिवडा लगायतका कलाकारको अभिनय छ ।

किरण माइकल घिमिरेले तयार गरेको कथालाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा ताराप्रकाश लिम्बु, सुनिल ‘सन्डे’, कुर्वान खान र योगेश काजीको संगीत छ ।

अभिनेता हसनरजा खानकै प्रस्तुती रहेको सिनेमामा आशिका श्रेष्ठ र विष्णु कार्कीको निर्माण,  रामेश्वर कार्कीको छायाँकन, साहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।