‘रोमियो एण्ड मुना’ नयाँ रिलिज डेट कम्फर्म

‘रोमियो एण्ड मुना’ नयाँ रिलिज डेट कम्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुर्वनिधारित फागुन ११ बाट पछाडी सरेको सिनेमा ‘रोमियो एण्ड मुना’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । अब नरेशकुमार निर्देशित सिनेमा चैत २ गते प्रदर्शन हुने भएको छ ।

पुर्वनिर्धारित समयमा सिनेमाको पोस्ट प्रोडक्सनमा काम नसकिदा सिनेमाको प्रदर्शन मिति सार्नु परेको निर्देशकले बताए । हतारमै सकाएर काम मात्र पुरा गर्नु भन्दा पनि, बरु समय लगाएरै राम्रो नतिजा निकाल्ने गरि सिनेमाको काम भैरहेको बताउँदै निर्देशक चैत २ मा शतप्रतिशत सिनेमा प्रदर्शन हुने जानकारी दिए ।

सिनेमामा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।