‘तिम्रै लागी हो’ ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत रिलिज

‘तिम्रै लागी हो’ ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – ‘रोमियो एण्ड मुना’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सिनेमा रिलिज हुन एक हप्ता बाँकी हुँदा ‘तिम्रै लागी हो’ बोलको गीत रिलिज गरिएको हो । श्रावण ११ गते रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

सिनेमाको रोमान्टिक गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत र गौरव डगोरको स्वर छ । विक्रम स्वाँरले कोरियोग्राफी रहेको गीतलाई दर्शकले मन पराउँनेमा निर्माण टिमको विश्वास छ । नरेश कुमार केसी निर्देशित सिनेमालाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र बविन शाक्यले मिलेर निर्माण गरेका हुन् । ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।