‘रोमियो एण्ड मुना’को ‘साँझ पर्यो’ बोलको स्याड भर्सन गीत रिलीज

‘रोमियो एण्ड मुना’को ‘साँझ पर्यो’ बोलको स्याड भर्सन गीत रिलीज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्रावण ११ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘रोमियो एण्ड मुना’को ‘साँझ पर्यो’ बोलको स्याड भर्सन गीत रिलीज भएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

गीतमा एक प्रेम जोडीको वियोगलाई प्रस्तुत गरिएको छ । जहाँ सिनेमाका रोमियो धरानबाट काठमाडौँ आउँदैछन् भने मुना आफ्नो गाउँ फर्केकी छन् । गीतको शब्द सुन्दा मार्मीक लाग्छन् । कालीप्रसाद बास्कोटाले संगीत भरेको गीतको शब्द सबिन एकातारेले लेखेका हुन् । सार्वजनिक गीतलाई भारतीय गायक गौरव डगाओंकरले गाएका हुन् ।

नरेश कुमार केसीको निर्देशनमा निर्माण भएको सिनेमामा विनय र सृष्टिका अलवा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘रोमियो एण्ड मुना’लाई प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर निर्माण गरेका हुन् ।