पोस्टरमा रोमियो र मुनाको प्रेम !

पोस्टरमा रोमियो र मुनाको प्रेम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ चित्रित ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी न्यु ईयरको शुभकामना सहित सार्वजनिक गरिएको पोस्टरका डिजाइनर संजय थापा हुन् ।

शहरमा बस्ने रोमियो र गाउँले मुनाको प्रेमकथालाई सिनेमामा प्रस्तुत गरिएको निर्देशक नरेशकुमार केसीले बताएका छन् । फागुन ११ गते रिलिज हुने सिनेमामा विनय र सृष्टिका अलावा सुष्मा कार्की, प्रज्वलसुजल गीरी र सुरक्षा पन्तको मुख्य भूमिका छ । सिनेमामा प्रशन्न गोपाली, रोजी श्रेष्ठ र राम शर्माको संयुक्त लगानी र दिपांकर सिक्दरको छायाँकन छ ।

सिनेमाका दुई गीत, पोस्टर र टिजर सार्वजनिक भैसकेका छन् । केहि दिन अगाडी प्रेसमिटमै ‘विकिनी गर्ल’सहित सिनेमाका मुख्य कलाकार उपस्थित हुँदा ‘रोमियो एण्ड मुना’ टिम आलोचित बन्नु परेको थियो । सिनेमाको ‘स्याण्डविच मी…’ बोलको गीतलाई टेलिभिजनमा प्रतिबन्ध गरिएको छ ।