विनय र सृष्टिले गरे चन्द्रागिरी पुगेर ‘रोमियो एण्ड मुना’को प्रचार

विनय र सृष्टिले गरे चन्द्रागिरी पुगेर ‘रोमियो एण्ड मुना’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – श्रावण ११ गते रिलिज हुने सिनेमा ‘रोमियो एण्ड मुना’ टिमले राजधानीको पर्यटकिय स्थल चन्दागिरी हिल्स पुगेर सिनेमाको प्रचार गरेको छ । सिनेमाका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई लिएर सिनेमा निर्माण टिम शनिबार चन्द्रागिरी पुगेको थियो । त्यहाँ पुगेर निर्माण टिमले उपस्थीत दर्शकमाझ रोमियो एण्ड मुनाको प्रचार प्रसार गरे ।

सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ सृष्टि श्रेष्ठ, निर्देशक नरेश कुमार केसी, निर्माता प्रशन्न गोपालीलाई मेयर घनश्याम गिरीले चन्द्रागिरीमा स्वागत गरेका थिए । मेयरले चन्द्रागिरी सिनेमा प्रचारको मुख्य केन्द्र बन्न सक्ने भन्दै चन्द्रागिरीमा चाँडै सिनेमा हल समेत निर्माण गर्ने आश्वसन निर्माण टिमलाई दिए ।

सिनेमा निर्माण टिम केवुलबार चढेर भालेश्वर मन्दिरसम्म पुगेर सिनेमाको प्रेसमिट गर्दै त्याहाका दर्शकलाई फरक लभस्टोरी रहेको सिनेमा ‘रोमियो एण्ड मुना’ हेर्न आग्रह गरे । ‘डाइङ क्यान्डल’बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहेनत गरेर बनाएको भन्दै दर्शकले मन पराउनेमा आशावादी देखिए ।

पहिलो पटक सिनेमा निर्माणमा हात हालेका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने बताए । साथै सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै आफ्नो टिमले सिनेमाको प्रचार प्रसारलाई तिव्रता दिने योजना बनाएका छौँ । हामीले सोच सिनेमाको राजधानी बाहिरका पनि विभन्न सहरमा पुगेर प्रोमोशन गर्ने हो, हेरौँ कति सफल भइन्छ ।