रोमियो एण्ड मुना गीत: चित्रमा विनय र सृष्टिको प्रेम

रोमियो एण्ड मुना गीत: चित्रमा विनय र सृष्टिको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘रोमियो एण्ड मुना’ले नयाँ गीत सार्वजनिक गर्दै नयाँ रिलिज डेट पनि तय गरेको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा गायिका सुक्मित गुरुङको परानो गीत ‘पल पल’सार्वजनिक गरियो ।

सार्वजनिक गीत १५-१६ वर्ष पुरानो हो । विश्व शाहीको शब्द/संगीत रहेको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको प्रेमलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा सागर शाह र सन्तोष विष्टको चित्रलाई आइड्रिमले भिएफएक्स मार्फत उतारेको छ । सम्भवत: नेपाली सिनेमाको गीतको ब्याकग्राउण्डमा चित्र प्रयोग गरिएको पहिलो पटक हो । प्रेसमिट गीतको कन्सेप्टलाई तारिफ गरिएको थियो ।

नरेश कुमार केसी लेखन र निर्देशन रहेको सिनेमाले साउन ११ को डेट रिलिजको लागि तय गरेको छ । प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय श्रेष्ठको लगानी रहेको सिनेमामा प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको पनि अभिनय छ ।