रोमियो एण्ड मुना: एनिमेसन टिजर सार्वजनिक

रोमियो एण्ड मुना: एनिमेसन टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ लाई रिलिज मिति तय गरेको सिनेमा ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । सम्भवत: पहिलो पटक नेपाली सिनेमाको टिजर एनिमेसनद्वारा सार्वजनिक गरिएको हुनुपर्छ ।

हुनत् यो, एनिमेसन सिनेमा होइन । तर, पनि टिजरमा सिनेमाका मुख्य कलाकार फिचरिङ छैनन् । नरेशकुमार केसी निर्देशित लभस्टोरी सिनेमामा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।

अहिले पोस्टप्रोडक्सनमा रहेको सिनेमामा प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय श्रेष्ठको लगानी छ ।