भेडेटार घुम्दै रोमियो एण्ड मुना !

भेडेटार घुम्दै रोमियो एण्ड मुना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नरेश कुमार केसी निर्देशित सिनेमा ‘रोमियो एण्ड मुना’को अर्को गीत सार्वजनिक भएको छ । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा सिनेमाका मुख्य पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।

‘भेडेटार घुमौला’ बोलको गीतलाई दिनेश राउतले लेखेका हुन् भने विनय र मिना निरौलाले यो गीत गाएका हुन् । साउन ११ गते प्रदर्शनमा आउने सिनेमाका यो सहित चार गीत सार्वजनिक भैसकेका छन् । अझै सिनेमाको एक गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपालीले बताएका छन् । उनका अनुसार कथाको माग अनुसारनै पाँच गीत राखिएको हो ।

सिनेमामा प्रज्वलसुजल गिरी, सुरक्षा पन्त र शुष्मा कार्कीको पनि मुख्य भूमिका छ । प्रशन्नसँगै राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य सिनेमामा लगानीकर्ताको रुपमा छन् । प्रदर्शन मिति नजिकिदै गर्दा ‘रोमियो एण्ड मुना’ टिम प्रचारमा लागि परेको छ । असार पहिलो साता सिनेमाको ट्रेलर रिलिज हुँदैछ ।