New Face: टिभी होस्ट एबं मिस नेपाल अर्थ रोजिशा शाही ठकुरी ‘ग्याङस्टार ब्लुज’मा

New Face: टिभी होस्ट एबं मिस नेपाल अर्थ रोजिशा शाही ठकुरी ‘ग्याङस्टार ब्लुज’मा

द सिनेमा टाइम्स
0
Shares

हेमराज विसीको निर्देशन बन्ने फिल्म ‘ग्याङस्टार ब्लुज’ मा नयाँ हिरोईन पनि देखिने भएको छ । ती नयाँ हिरोइन अरु कोही नभई टिभी होस्ट तथा मिस नेपाल अर्थ (२०१३) रोजिशा शाही ठकुरी हुन् ।

आकर्षक ब्यक्तित्व, सुन्दर अनुसार संगै उचाईकी धनि रोजिशाले अब  आशिरमान देशराज जोशी र आना शर्मा संग स्क्रिन सेयर गर्ने छिन् । जानकारीमा आए अनुसार फिल्ममा रोजिशाको एक्सन भूमिका रहनेछ । सिन्धुली स्थायी घर भएकी रोजिशाले ब्याचलर डिग्री सम्मको अध्ययन गरेकी छिन् । बिभिन्न सौन्दर्य प्रतियोगिता, भिजे, मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रोजिशाले ‘आधा लभ’ नामक फिल्ममा समेत अभिनय गरिसकेकी छिन् ।

सरोज न्यौपानेको निर्माण रहने ‘ग्याङस्टार ब्लुज’को हाल प्रि प्रोडक्सनको काम भईरको छ । आशिरमान र आना केहि समयदेखि फिल्मको तयारीमा व्यस्त छन् भने रोजिशाले पनि यसै सातादेखि आफ्नो तयारी थाल्नेछिन् । मनिष पन्तले कार्यकारी निर्माता रहेको फिल्मको आउँदो महिनादेखि छायाँकन सुरु हुने जानकारीमा छ ।