विकास बोर्डले रोक्यो ‘रोजी’को छायाँकन

विकास बोर्डले रोक्यो ‘रोजी’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘रोजी’को छायाँकन रोकिएको छ । बालाजुको एनएफडिसी हलमा छायाँकन भैरहँदा चलचित्र विकास बोर्डले छायाँकन रोक्दै टिमलाई विकास बोर्डमा लगेको छ ।

प्राप्त खबर अनुसार ‘रोजी’को कथा, २०६८ साल साउन २० गते ललितपुरबाट अपहरण परि हत्या गरिएकी रोजी महर्जनसँग मिल्न गएको भन्दै पारिवारिक पक्षले विकास बोर्डमा सिनेमा रोक्न मौखिक अनुरोध गरेको थियो ।

‘रोजी’ छायाँकन रोक्नु कारणबारे विकास बोर्ड अध्यक्ष निकता पौडेललाई सोधपुछ गर्दा, उनले दुई पक्षिय वार्ता नमिल्दासम्मलाई मात्र छायाँकन रोकिएको बताइन । उनका अनुसार अहिले दुई पक्ष विच समस्या समाधान गर्ने विषयमा छलफल भैरहेको छ । वार्ता मिलेपछि पुन: छायाँकन सुरु हुनेछ ।

केदार भुसालले लेखेको सिनेमालाई निरक पौडेलले निर्देशन गर्दै थिए । सिनेमामा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी शाह, मिरुना मगर, कर्मा शाक्य लगायतका कलाकार लिडमा छन् ।