कपुर परिवारको पुर्खौली सम्पति ‘आर के स्टुडियो’ लिलामीमा

कपुर परिवारको पुर्खौली सम्पति ‘आर के स्टुडियो’ लिलामीमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडमा एक समय एक छत्र राज गर्न सफल कलाकार राज कपुरले निर्माण गरेको आर के स्टुडियोलाई कपुर परिवारले लिलामिको प्रक्रिया अगाडी बढाएको छ । ७० वर्ष पुरानो स्टुडियो मुम्बईको चेम्बर स्थीत कपुर परिवारले यो स्टुडियो निर्माण गरेको थियो । यो स्टुडियो बेच्नुको मुख्य कारण पछिल्लो समय यहाँ थोरै सिनेमाको छायाँकन हुने र घाटामा धेरै समय स्टुडियो चलाउन नसकिने भएकाले कपुर खानदान यो पुर्खौली सम्पति लिलामिको स्थीतीमा पुगेको हो ।

आर के स्टुडियो २ एकड जमिनका निर्माण गरिएको छ । यहाँ राज कपुरले आफ्नो अधिकांश सिनेमाको छायांकन गर्ने गर्थे । यो स्टुडियो यस्तो ठाँउमा निर्माण गरिएको छ । जहाँ एकदमै कम सिनेमाको छायांकन हुने गर्छ । यसको एउटा कारण यो पनि होकी त्यो ठाँउ मुम्बई देखि एकदमै टाढा छ, जहाँ धेरै सिनेमा मेकरहरु त्यहाँ पुग्नै चाहाँदैनन् । यसलाई बेच्नको लागी कपुर परिवार अहिले बिल्डर्सको सम्पर्कमा छन् । अघिल्लो वर्ष मात्रै यो स्टुडियोमा आगलागी भएको थियो । आगलागीबाट स्टुडियोमा ठुलो क्षति भएको थियो ।