यात्रुलाई गन्तव्यसम्म पुर्याउदै ‘सुनकेसरी’

यात्रुलाई गन्तव्यसम्म पुर्याउदै ‘सुनकेसरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा प्रचारमा मेकरहरु नयाँ नयाँ फण्डा अपनाउने गर्छन । यस वर्षको पहिलो महिना मै रिलिज भएका सिनेमाले थुप्रै फण्डा प्रयोग गरि प्रचार गरे ।

‘कोहलपुर एक्सप्रेस’को पिज्जा डेलिभरी, ‘ह्याप्पी डेज’को रथयात्रा, ‘डमरुको डण्डीबियो’को ठ्याक लाउने च्यालेन्जले दर्शक तथा प्रशंसकलाई मनोरञ्जन दिदैँ फरक ढङ्गबाट प्रचार गर्न भ्याए ।

अब पुन: जेठ ११ गते प्रर्दशनमा आउने सिनेमा ‘सुनकेसरी’ले नयाँ तरिकाको प्रचारको सुरुवात गरेको छ ।

बिहिबार सिनेमाकी अभिनेत्री तथा निर्मात्री रिचा शर्माले स्कुटी चढेर सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने काम गरिन । उनले यस कार्यका लागि टूटलसगं सहकार्य गरेकी छन । टूटल, काठमाडौँ उपत्यका भित्र अनलाइन मार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने माध्यम हो । टूटल बढ्दो जाममा बस र ट्याक्सीमा खर्च हुने समयलाई बचत गर्ने सजिलो माध्यम बनेको छ ।

पहिलो दिन यि अभिनेत्री पायक पर्ने ठाँउमा ३-४ जना यात्रुलाई गन्तव्यसम्म सितैमा पुर्याइदिईन । यात्रु बोक्ने क्रममा रिचाले सिनेमा ‘सुनकेसरी’को बारेमा पनि भलाकुसारी गरिन् । टूटलबाट रिचालाई भेट्न पाउँदा यात्रुहरु खुसी देखिन्थे । यात्रा पछी सिनेमाको ट्रेलरले उत्साहित बनाएको भन्दै ‘सुनकेसरी’ हेर्ने वाचा गरे ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको सिनेमालाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटारविजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।