‘रेनी’को पहिलो गीत रिलिज

‘रेनी’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र ८ गते रिलिज हुने सिनेमा ‘रेनी’को पहिलो गीत रिलिज गरिएको छ । सिनेमामा समावेश ‘मलाई र्ना नाई’ बोलको गीत  र ट्रेलरलाई आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरियो । सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दीपक ढकाल र सनम मल्ललाई फिचर्ड गरिएकोछ ।

सार्वजनिक गीतमा पुष्कर सुनुवारको स्वर तथा संगीत छ । कोरियोग्राफी मदन खड्का र सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन् । शाही मल्ल फिल्मस्ले बनाएको सिनेमा ‘रेनी’लाई बिमला मल्ल र संजिव मल्लले मिलेर निर्माण गरेका हुन् ।

‘रेनी’ का निर्देशक गिरिश रिजाल हुन् । सिनेमामा दीपक ढकाल र सनम मल्लसँगै अभिनेत सरोज खनालको पनि अभिनय छ । सिनेमाको लेखक नव-नायिका सनम मल्ल हुन् । ‘रेनी’ भदौ ८ गतेदेखि हलमा लाग्दैछ ।