भाद्र ८ मा रिलिज हुने भयो सरोज खनालको ‘रेनी’

भाद्र ८ मा रिलिज हुने भयो सरोज खनालको ‘रेनी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र ८ गते रिलिज हुने नयाँ सिनेमा ‘रेनी’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । सिनेमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ । बिमला मल्ल र संजिव मल्लले मिलेर निर्माण गरेको सिनेमालाई गिरिश रिजाल समिपले निर्देशन गरेका हुन् ।

 

काठमाडौं तथा कुलेखानीमा छायांकन गरिएको सिनेमामा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, गिरिश रिजाल, नव नायिका सनम मल्लको मुख्य भुमिका रहेको छ । सिनेमाको कथा नायिका सनम मल्ल आफैले लेखेकी हुन् ।
एक्शन, लभ, कमेडी समावेश सिनेमाले सामाजीक सन्देश दिने निर्मात्री बिमला मल्लले बताइन ।

जयराम थापाले छायांकन गरेको सिनेमाको गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको सिनेमालाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।