Released: बिहिबारनै तीन फिल्म किंग, लभ साशा अनि शब्द | कसलाई कति फाईदा ?

Released: बिहिबारनै तीन फिल्म किंग, लभ साशा अनि शब्द | कसलाई कति फाईदा ?

द सिनेमा टाइम्स
0
Shares

शुक्रबार फिल्म रिलिज गर्ने परिपाटी छाडेर हिजो बिहिबारनै तीन फिल्म एकसाथ रिलिजमा आए । शबिर श्रेष्ठ निर्देशित किंग, प्रचण्डमान श्रेष्ठ निर्देशित लभ साशा अनि सन्तोष शिवाकोटी डेब्यु निर्देशित फिल्म शब्द एकसाथ रिलिजमा आएका हुन् ।

फिल्म किंग एक्सन थ्रिलर फिल्म हो, जसमा निखिल उप्रेती, अनुप विक्रम शाही अनि बेनिशा हमाल लगायतको अभिनय रहेको छ । ५० बढी सिंगल स्क्रिन र केहि मल्टिप्लेक्समा किंग लागेको छ । निखिल र उनका एक्सनका फ्यानहरुले यो फिल्म रुचाउन सक्छन् ।

उता फिल्म लभ साशा त्रिकोणात्मक प्रेम सम्बन्धमा बनेको फिल्म हो, फिल्मले आजका युवाहरुको सोच र सपना पेश गर्छ । फिल्ममा केकी अधिकारी, कर्मा र आसिफ शाह लगायतको मुख्य भूमिका रहेको छ । सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुवैमा यो फिल्मका शोहरु छन्, युवा दर्शकले यो फिल्म मन पराउन सक्छन ।

त्यस्तै फिल्म शब्दले हिमाली भेगको समाज मित्रता अनि माया प्रेमको बबिषय उठाउछ । फिल्ममा सौगात मल्ल, कमली वाइबा, रोय दिव श्रेष्ठ, अर्जुन गुरुङ अनि अनुभव रेग्मी लगायतको अभिनय छ।

शब्दले सिंगल उपत्यका र बाहिरका खि सहरका सिंगल तथा मल्टिप्लेक्समा रिलिज यो फिल्म मोफशलमा केहि समयपछि रिलिज हुने बताईएको छ  । तीन फिल्म एकसाथ रिलिज हुदा पक्कै पनि यी फिल्म र सिंगो उद्धयोगलाई नै फाईदा हुने भने देखिदैन ।

तिनै फिल्मको ओपनिंग र दुई दिने बिजनेश सार्बजनिक नभएता पनि जानकारीमा आए अनुसार तिनैले राम्रो प्रर्दशनको सुरुवात गरेका छन् । माघेसंक्रान्ति र बिदाका दिनहरुको यी फिल्मले फाईदा उठाउन सक्छन ।