२ सय ६८ वर्ष पुरानो दरबारमा रेखाको ‘मालिका’

२ सय ६८ वर्ष पुरानो दरबारमा रेखाको ‘मालिका’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दोस्रो सिनेमा निर्देशन गरिरहेकी अभिनेत्री रेखा थापा कर्णाली प्रदेशको जाजरकोट सदरमुकाम पुगेकी छन् । विगत २० दिनदेखि ‘मालिका’ एक्सन कटमा व्यस्त अभिनेत्रीले सिनेमाको एक गीतका केहि तस्विरहरु पनि सार्वजनिक गरेकी छन् ।

जाजरकोट सदरमुकाममा अवस्थित २ सय ६८ वर्ष पुरानो दरबार प्रांगणमा सुटिङ भैरहेको गीतको भिडियोले त्यहाँका स्थानीय भेषभुषा र संस्कृति झल्काउने रेखाले विश्वास लिएकी छन् । गीतमा रेखासहित सय बढी कोरस त्यहाँको स्थानीय पहिरणमा सजिएका छन् । भने, भिडियोमा स्थानीय बाजाहरु पनि प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

४० दिनको छायाँकन सेड्युलसहित राजधानी, कोहलपुर हुँदै जाजरकोटसम्म पुगेको ‘मालिका’को सुटिङ १० दिन भित्रै सकिने रेखाले बताइन । ‘४० दिनको सेड्युल भएपनि काम राम्रो भएकाले १० दिन अगाडी नै छायाँकन सकिने अवस्था देखिएको छ । छायाँकनरत गीतमा पनि हामीले औधि मिहिनेत गरेका छौ । सुरेश अधिकारीको संगीतमा तयार लोकलयको गीतले दर्शक मन जित्नेमा ढुक्क छु ।’ रेखाले भनिन् ।

जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार हुन् लागेको सिनेमा ‘मालिका’ महिला हिँसा विरोधी र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।

सिनेमामा रेखासँगै जाजरकोटकी चौध वर्षीय कमला ओलीको पनि मुख्य भूमिका छ । ‘मालिका’लाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिजको घोषणा गरिएको छ ।