रेखा थापा राप्रपाबाट काठमाडौँ उपमेयरमा लड्ने

रेखा थापा राप्रपाबाट काठमाडौँ उपमेयरमा लड्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री रेखा थापा पछिल्लो समय कलाकारितासंगै राजनीतिमा पनि व्यस्त छिन । केहि समय अगाडी रेखाले राप्रपा पार्टी महाधिवेशनमा अत्याधिक मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन् ।

त्यसैले अब हुने स्थानीय तहको चुनावमा रेखा काठमाडौंको उपमेयरमा उठ्ने भएकी छन् । ३१ गते हुने स्थानीय निर्वाचनमा राप्रपाले रेखालाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।

राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित नायिका रेखा थापा महानगरपालिकाको उपमेयरमा उमेदवार बन्ने भएकी छन् ।

होम प्रोडक्सनको फिल्म ‘रुद्रप्रिया’ को प्रि प्रोडक्सनमा रहेकी रेखा अभिनित फिल्म ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।