भिडियो स्टोरी: हिट रोमान्टिक जोडीको १० रोमान्टिक गीत !

भिडियो स्टोरी: हिट रोमान्टिक जोडीको १० रोमान्टिक गीत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा भित्र रोमान्टिक जोडी त्यतिबेला पूर्ण लाग्छ जतिबेला उनिहरुको रोमान्टिक पलमा संगीत बज्छ । नेपाली सिनेमामा प्रेम भाव व्यक्त गर्ने माध्यम गीत/संगीतलाई लिइन्छ । हिट रोमान्टिक गीतबाट रोमान्टिक जोडीको प्रशंशा र चर्चा धेरै हुन्छ ।

यस्तै नेपाली सिनेमाको हिट रोमान्टिक जोडीको रुपमा लिइन्छ रेखा थापा र आर्यन सिग्देललाई । यो जोडीलाई हिट हुन् धेरै सिनेमाको आवश्यकता नै परेन । ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’बाट यो जोडी सर्वाधिक लोकप्रिय बन्यो । ८ वर्ष बितिसक्यो यो जोडीलाई सँगै पर्दामा देख्न नपाएको । र, प्यास कार्तिक २ गते रिलिज हुने सिनेमा ‘रुद्रप्रिया’ले मेटाउदै छ ।

रेखा र आर्यन लामो समयको ग्याप पछी लक्ष्मीपुजामा दर्शक माँझ आउँदै छन् । आज हामीले यो दुई रोमान्टिक जोडीका १० रोमान्टिक गीत प्रस्तुत गरेका छौ । जसले रेखा र आर्यनको पुरानो र वर्तमान रोमान्सलाई महशुस गराउने छ ।

ए माया यो माया के होला ? (हिफाजत): यो रेखा र आर्यनको दोस्रो सिनेमामा समावेश गीत हो । निक्कै लोकप्रिय बनेको यो गीतको भिडियोले उतिबेला बजार गर्माएको थियो । गीतमा यो जोडी निक्कै रोमान्टिक देखिएको छ । महेश खड्काको संगीतमा तयार भएको यो गीतमा दीपक लिम्बु र अन्जु पन्तको स्वर छ ।

https://youtu.be/pZ-_8S0op50

हजारौ फुलबाट यो मन (हिफाजत): हिट गीत मध्येको यो गीतमा रेखा र आर्यनका अलावा आयुष रिजाल पनि फिचरिङ छन् । यो गीतमा पनि महेश खड्काको संगीत, अन्जु पन्त र दीपक लिम्बुको नै स्वर छ ।

https://youtu.be/AfWPBOJKA9k

थोरै मिठो (कसले चोर्यो मेरो मन): यो गीतमा रेखा आर्यनको सम्झनामा नाचीरहेकी हुन्छिन् । निक्कै कलात्मक ढंगबाट गरिएको कोरियोग्राफीले उक्त समयमा अवार्ड समेत जितेको थियो । गीतमा सुरेश अधिकारीको संगीत र अन्जु पन्तको स्वर छ ।

जुन बेहुली बनेर (कसले चोर्यो मेरो मन): सिनेमा भित्र रेखा विवाहबाट भागेर आर्यनको बासस्थान (ट्रक भित्र सजाईएको कोठा)मा पुगेको समयमा आउने गीतका शब्द र दृश्य निक्कै रोमान्टिक छन् । गीतमा स्वरूपराज आचार्यको स्वर छ ।

गुलियो पिरो मान्छे (कसले चोर्यो मेरो मन): सिनेमा भित्र दुवै प्रेममा पछी आउने यो गीतमा पनि रेखा र आर्यन रोमान्टिक देखिएका छन् । सुरेश अधिकारीको संगीत, दीपक लिम्बु/अन्जु पन्तको स्वर र राजु शाहको कोरियोग्राफी छ ।

कसले चोर्यो मेरो मन शिर्ष गीत: यो गीत नेपाली रोमान्टिकमा कालजयी मानिन्छ । सिनेमा भित्र रेखा र आर्यन भागेर जाँदाको यो गीतको कोरियोग्राफी सुन्दर लाग्छ । संजय लामाले यो गीतलाई राम्रै खिचेका छन् । यो गीतमा पनि सुरेश अधिकारीको संगीत, अन्जु पन्त र दीपक लिम्बुको स्वर छ ।

https://youtu.be/zWzHHz79Td4

चिरबिर चिरबिर चाँचरी (रुद्रप्रिया): ८ वर्ष पछी यहिँ गीतमा रेखा र आर्यनलाई एकै फ्रेममा देख्न पाईएको हो । यस वर्षको हिट डान्सिङ नम्बरमा परेको यो गीतमा रेखा र आर्यनले सुन्दर नृत्य प्रस्तुत गरेका छन् । राजनराज सिवाकोटीको शब्द/संगीत रहेको गीतलाई महँगो सेटमा छायाँकन गरिएको हो । गीतमा मेलिना राई, गृष्मा सिवाकोटी र राजनराज सिवाकोटीको संगीत छ ।

तिम्रो बाहेक अरु (रुद्रप्रिया): लभ फ्लेवरको यो गीतमा रेखा र आर्यन रोमान्टिक मूडमा प्रस्तुत भएका छन् । सनूप पौडेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा ‘चिरबिर चिरबिर चाँचरी’बाट डेब्यु गरेका प्रविन सिंहको कोरियोग्राफी छ ।

रुपकी रानी (किस्मत): रेखा र आर्यनको पहिलो सिनेमामा सामावेश यो चर्चित गीत हो । विराज भट्ट र आर्यनले सिनेमा भित्र रेखाको चर्चा गर्दा आउने गीत लभ जनरामा निर्माण भएको हो ।

https://youtu.be/MgJ5bwRhbUI

कसले चोर्यो मेरो मन (किस्मत): किस्मतमै समावेश यो गीतमा रेखा र आर्यनले लगाएको पहिरन काफी राम्रो देखिएको छ । यहिँ गीतको शिर्षकलाई सापटी लिएर रेखाले ‘कसले चोर्यो मेरो मन’ निर्माण गरेकी थिइन् । जुन सिनेमा बक्सअफिस र अवार्ड समारोहमा सर्वाधिक हिट भएको थियो ।

https://youtu.be/nrx-FbfNC20

‘किस्मत’ सिनेमाको यी दुई गीतका भिडियो युट्युबमा उपलव्ध नभएकाले अडियो मात्र मेन्सन गरिएको छ