‘रुद्र’ र ‘रुद्रप्रिया’: उर्फ मलजल गरिएको सम्वन्ध !

‘रुद्र’ र ‘रुद्रप्रिया’: उर्फ मलजल गरिएको सम्वन्ध !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो अभिनेत्री रेखा थापा र अभिनेता निखिल उप्रेतीको सम्वन्ध राम्रो छैन, भन्ने कुरा सबैलाई लागेको थियो । तर, मिडियालाई थाहै नदिई यी दुईले आफ्नो सम्वन्धलाई मलजल गरिसकेका रहेछन ।

पछिल्लो समय मलजल गरिएको उनीहरुको जोडी विहिबार ‘रुद्र’ प्रिमियरमा फक्रियो । र, मिडिया माझ बास्ना फैलायो । ‘रुद्र’ प्रिमियरमा यी दुईले एक-अर्काको बारेमा सुगन्धित कुरा गर्न थाले पछी मिडियाले बास्ना बटुल्न पछ्यौरा फिजायो। उर्फ… यी दुईले एक-अर्काको प्रशंसा गर्न थालेपछी मिडियाका क्यामेरा यो जोडी तर्फ तेर्सिए ।

‘हाम्रो सम्वन्ध कहिले पो बिग्रेको थियो र ?  कहिले काहिँ मुड कस्तो हुन्छ थाहै हुदो रहेनछ । सम्वन्ध विग्रेको होईन मुड बिग्रेको हो’ निखिलले फक्रिएको सम्वन्धबाट बास्नाका फोहोरा छुटाए । रेखा पनि के कम ‘निखिल दाई मैले सिने क्षेत्रमा सम्मान पुर्वक सम्झिने व्यक्ति हो । आफ्नै घर भित्र कहिले काहिँ सानोतिनो झगडा पर्न सक्छ । तर, यसलाई मैले सिरिएस्ली कहिले लिएन । यतिकै ठुलो कुरा भएर मिडियामा आईदियो । समयले जुराए निखिल दाईसँग पुन: सहकार्य हुनेछ ।’ रेखाले यति भनेपछी पछिल्लो समय यी दुई आफ्नो सम्वन्धलाई राम्रै मलजल गरेका रहेछन । भन्ने अड्कल लगाउन मिडियालाई धेरै सोच्नै परेन ।

८ वर्ष पछी आर्यनसँगको सम्वन्ध सुधारेकी रेखाले यस वर्षको तिहारमा ‘रुद्रप्रिया’ मार्फत हिट जोडीलाई पर्दामा उतार्दैछिन् । निखिल अभिनित ‘रुद्र’ यहिँ शुक्रबारबाट प्रदर्शन हुदैछ । संयोगनै मान्नु पर्छ, यसै वर्ष रेखा पहिलो पटक भिलेन भूमिकामा ‘डायरी’मा प्रस्तुत भएकी थिइन् । भने, निखिल पहिलो पटक ‘रुद्र’मा खल-नायक बनेर आउँदैछन् । त्यस्तै निखिलको ‘रुद्र’ र रेखाको ‘रुद्रप्रिया’ काफि उस्तै लाग्छन ।

तस्विर: कमल प्रसाई