रेखा/आर्यनलाई ‘रुद्रप्रिया’ खेलाउन यसो गरे सुदीप र रमेशले

रेखा/आर्यनलाई ‘रुद्रप्रिया’ खेलाउन यसो गरे सुदीप र रमेशले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ कार्तिक २ गतेबाट अलनेपाल रिलिज हुन् लागेको सिनेमा ‘रुद्रप्रिया’ अहिले चर्चामा छ ।

रेखा थापा र आर्यन सिग्देल ८ वर्ष पछी फर्किएको यो सिनेमा निर्माण समय देखि नै चर्चामा थियो । कुनै समय एक-अर्कासँग रुष्ट बनेका आर्यन र रेखा कसरी एकै सिनेमा खेल्न राजि भए ? यो प्रश्न दर्शक र पत्रकारका मनमा लामो समय देखि खेलिरहेको थियो ।

अन्तत: रेखा/आर्यनको मिलापको राज खुलेको छ । राजधानीमा गरिएको प्रेसमिटमा आफुहरु बीच कहिले पनि मन-मुटाव नभएको स्वीकारे । ‘कसले चोर्यो मेरो मन’ पश्चात आ-आफ्नै बाटोमा हिँडेका यी दुईलाई हेरेर निर्देशक सुदीप बबी भुसाल सिंहले ‘रुद्रप्रिया’को कथा लेखेका थिए । तर, रेखा र आर्यनलाई सिनेमामा खेलाउने कसरी ?

सुदीपले रेखालाई सिनेमाको स्क्रिप्ट सुनाए । स्क्रिप्ट र भूमिकामा दम भएपछी रेखाले नाइँ भन्न सकिनन् । रेखाले त मानिन तर, आर्यनको बारेमा भने पछी के भन्लिन भन्ने डर सुदीपको मनमा थियो । आर्यनको बारेमा भनेपछी रेखाले स्वच्छ मनले आर्यनसँग आफ्नो कुनै गुनासो नभएको सुनाइन । त्यसपछी सुदीपका लागि ‘रुद्रप्रिया’को बाटो अँझ सहज भयो ।

र, सुदीपले आर्यनलाई रेखासँग बोल्न आग्रह गरे । ८ वर्ष पछी बोल्न अफ्ठेरो मानेका आर्यनले सुरुमा फोन काटेका थिए । पछी निर्माता रमेश एमके पौडेलको सहयोगमा रेखा र आर्यनको बोलचाल सुरु भएको थियो ।

बोलचाल सुरु भएसँगै ‘रुद्रप्रिया’को काम अगाडी बढेको थियो । सिनेमामा रेखा र आर्यनको जोडीलाई निक्कै कलात्मक ढंगबाट प्रस्तुत गरेको निर्देशकले बताए । ‘रुद्रप्रिया’ महिला समवेदनासँग पनि जोडिएको निर्देशकले प्रष्ट्याए ।

रेखा थापा प्रस्तुतकर्ता रहेको यो सिनेमामा रमेश एमके पौडेलको लगानी रहेको छ । सरस्वती थापा र आर्यन फिल्मसले निर्माण गरेको सिनेमामा राजनराज सिवाकोटी, अर्जून पोखरेल र सुरेश अधिकारीको संगीत छ । सिनेमामा रेखा र आर्यनका अलावा राजन इशान र टिका पहारीको समेत मुख्य भूमिका छ ।

तस्विर: त्रिषा केसी