रेखा सवार कारलाई मालबाहक ट्रकले ठक्कर दियो !

रेखा सवार कारलाई मालबाहक ट्रकले ठक्कर दियो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रेखा थापा सवार कार दुर्घटनामा परेको छ । सिनेमा ‘रुद्रप्रिया’को प्रमोसनबाट फर्कने क्रममा दिउँसो करिब १२ बजे तिर रेखा सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिएको छ ।

तर, कारको अधिकाँस भागमा क्षती पुगेपनि रेखा भने शकुसल छिन् । रेखाले चलाईरहेको कारलाई ड्राइभर साइड तर्फ ट्रकले ठक्कर दिएको थियो । यति बेला ट्रक चालक र रेखा थापा प्रहरी वृत गौशालामा छन् । कार्तिक २ गते रिलिज हुन् लागेको ‘रुद्रप्रिया’को लागि एक मिडियामा अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कने क्रममा उक्त दुर्घटना भएको थियो ।

आर्यन सिग्देल र रेखा थापा अभिनित ‘रुद्रप्रिया’को प्रमोसनमा यतिबेला रेखा लागि परेकी छन् । सुदीप बबी भुसाल सिंहले निर्देशन गरेको सिनेमालाई रेखा फिल्मसको व्यानरमा रेखा स्वयम्ले निर्माण गरेकी हुन् ।