दोस्रो सर्वाधिक मत बटुल्दै रेखा राप्रपा केन्द्रिय सदस्यमा विजयी

दोस्रो सर्वाधिक मत बटुल्दै रेखा राप्रपा केन्द्रिय सदस्यमा विजयी

द सिनेमा टाइम्स
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्वाचनमा अभिनेत्री रेखा थापा केन्द्रिय सदस्यमा विजयी भएकी छन्। बुधबार बिहान सकिएको मत गणनामा थापाले १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी बनेकी हुन्। उनी महिलातर्फको खुल्लाबाट उम्मेदवार थिइन्।उनले पार्टीकी चर्चित नेतृ कुन्ती शाही पछि सर्वाधिक मत पाएकी हुन्। शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गरिन्।

त्यस्तै गायिका कोमल वली पनि केन्द्रिय सदस्य पदमा भारी मतका साथ विजयी भएकी छन्। खुल्ला तर्फ भिडेकी कोमलले १ हजार ८ सय ५७ मत पाइन्।यस्तै अर्की चर्चित गायिका मीरा राणा पनि महिलातर्फको कोटामा विजयी भएकी छिन्। उनले रेखा थापापछि तेस्रो नम्बरमा सर्वाधिक मत ल्याइन्। खसेको २ हजार ८ सय मतमध्ये राणाले १ हजार ४ सय ५२ मत प्राप्त गरेकी थिइन्।