ऋचाको लागि ‘सुनकेसरी’ सफलता अपरिहार्य

ऋचाको लागि ‘सुनकेसरी’ सफलता अपरिहार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनयमा पोख्त अभिनेत्री ऋचा शर्माको अभिनय र निर्माण रहेको सिनेमा ‘सुनकेसरी’ यसै साता अर्थात जेठ ११ मा रिलिज हुदैछ । पहिलो पटक हरर सिनेमा निर्माण गरेकी ऋचा निक्कै उत्साहित छिन् । सिनेमाको टिजर, ट्रेलर र पोस्टरबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम सकारात्मकनै नतिजा आउनेमा आशावादी छ ।

तर, सिनेमा रिलिज नहुँदासम्म यसै भन्न सकिदैन । नेपालमा प्राय: हरर जानरामा सिनेमा बन्दैनन् । जति बन्छन तिनले दर्शक मन मस्तिस्क छुन सकेका छैनन् । तर, ‘सुनकेसरी’को हकमा बेग्लै छ । सार्वजनिक प्रचार सामाग्रीबाट सर्वाधिक चर्चा कमाउने यो नै पहिलो हरर नेपाली हो ।

ऋचाले यसअघि ‘भिजागर्ल’ र ‘आधा लभ’ निर्माण गरिसकेकी छन् । ती सिनेमाले बक्स अफिसमा नाफा कमाउन नसकेपनि उठाइएको विषयबस्तुबाट चर्चा कमाएका थिए । अब ऋचालाई सकारात्मक प्रतिक्रियासँगै बक्स अफिस सफलता पनि अपरिहार्य बनिसकेको छ ।

अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको सिनेमाको बजेट २ करोड भनिएको छ । सिनेमालाई बजेट रिकभर गर्न माउथ पब्लिसिटीको राम्रै आवश्यक देखिन्छ ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । ऋचासँगै भिम न्यौपाने र शर्मिला सापकोटाको लगानी रहेको सिनेमामा अर्पण थापाले निर्देशन गरेका हुन् ।

‘सुनकेसरी’मा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।

तस्विर: महेश्वरमान सिंह (ऋचा  शर्माको फेसबुक प्रोफाइलबाट)