जोखिम मोलेरै ‘सुनकेसरी’ बनायौं – ऋचा/अर्पण

जोखिम मोलेरै ‘सुनकेसरी’ बनायौं – ऋचा/अर्पण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘सुनकेसरी’ निर्देशक अर्पण थापाले हरर सिनेमा बनाउन जोखिम मोलेको बताएका छन् । रिलिजको दुई दिन अगाडी चितवनमा सम्पन्न प्रेसमिटमा थापाले नेपालमा हरर सिनेमाको ट्रेन्ड नरहेको स्मरण गर्दै रिक्समै सिनेमा निर्माण गरेको बताए ।

उनले भने ‘उच्च स्तरीय सिनेमा बनाएका छौ । यदि ‘सुनकेसरी’ चलेको खण्डमा ट्रेन्ड स्थापित हुनेछ । नचलेको खण्डमा लगभग ६-७ बर्ष कसैले पनि हररमा जोखिम उठाउने छैनन् ।’ नेपालमा अहिले कमेडीको अग्रता छ । त्यस्तोमा हरर सिनेमा दर्शकले हेर्छन की हेर्दैनन् भन्ने प्रश्न पनि छ । तर थापा ‘सुनकेसरी’बाट पूर्ण आशावादी छन् । उनि भन्छन ‘दर्शकको मेन्टालिटीमा सिनेमा चल्ने हो । सिनेमा हेरेर मनोरंजन लिन्छु भनेर हल पुग्नु हुन्छ भने ‘सुनकेसरी’ मन पर्न सक्छ । हरर सिनेमा बनेको बनेको छ, हेरौन त मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेन्टालिटीले पुग्नु भयो भने मन नपर्न पनि सक्छ ।’

त्यस्तै सिनेमाकी निर्मात्रीसमेत रहेकी अभिनेत्री ऋचा शर्माले ‘सुनकेसरी’लाई स्तरीय बनाउन कुनै कसर बाँकी नराखेको बताइन । ‘महँगो बजेट र राम्रो लोकेशनमा सिनेमा खिचेका छौ । यो मेरो अभिनय करियरको लागि च्यालेञ्जिङ पनि छ । त्यसैले दर्शकले सिनेमा रुचाइदिनु हुन्छ भन्नेमा ढुक्क छु ।’ ऋचाले भनिन् ।

चलचित्र निर्माता संघको घोषित आन्दोलन (अहिले सहमतिमा फिर्ता लिई सकेको छ)ले जेठ पहिलो साता सिनेमाको प्रचारमा असर पुगेको पनि ऋचा र अर्पणले दुखेसो पोखे ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ । सिनेमा जेठ ११ बाट अलनेपाल प्रदर्शनमा आउदैछ ।

बुकिङ खुल्यो, हलिउड र बलिउड भन्दा ‘सुनकेसरी’ अगाडी