फिल्म ‘रातोघर’को ट्रेलर रिलिज, किन भयो भयो नेपाल रिलिज ढिला ?

फिल्म ‘रातोघर’को ट्रेलर रिलिज, किन भयो भयो नेपाल रिलिज ढिला ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । फिल्म ‘रातोघर’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको बारेमा जानकारी दिदै ट्रेलर रिलिज गरियो ।

जेठ १९ गते रिलिज हुने फिल्मको बारेमा जानकारी दिदै फिल्म रिलिजको ढिलाई बारे निर्देशक सुरजसुब्बा नाल्बोले प्रस्ट्याए । ‘मैले काठमाण्डौ छिर्दा २५० रुपैया बोकेर आएको थिए । तर, दर्शकहरुको माया र साथले गर्दा अहिले मैले यो फिल्म बनाउन सक्षम भए । त्यसैले दुख गरेको फिल्मलाई पहिला नेपाल रिलिज गर्दा पाइरेसी हुने डर र, यदि नेपाल रिलिज गर्दा फिल्म सोचे जस्तो चलेन भने विदेश रिलिजमा पनि बाधा पुग्ने हुदा हामीले नेपाल रिलिज ढिला गरेका हौ । यो समयमा हामीले विदेशका धेरै ठाउँमा फिल्म रिलिज गरिसकेका छौ । अब नेपाल रिलिजको लागि तयार भएका छौ ।’

फिल्मको बारेमा प्रशंसा गर्दै अभिनेता सुनिल थापाले ‘रातोघर’ टिमलाई सुभकामना व्यक्त गरे । अभिनेता विल्सनविक्रमको अभिनयको तारिफ गर्दै थापाले नेपाली फिल्म उद्द्योगकै नम्बर १ अभिनेता भने ।

मांगहिम फिल्मस र तक्मे प्रोडक्सनको व्यानरमा निर्मित भएको फिल्मलाई सुरजसुब्बा नाल्बो र विल्सनविक्रम राईको लगानी रहेको छ । फिल्ममा विल्सनविक्रम राई, मेनुका प्रधान, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, विकेश श्रेष्ठ लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा विपिन मल्लको सम्पादन रहेको छ ।

https://youtu.be/vLpYXT03thA