घाइते हुदा पनी रणवीर भन्छन ‘मर्दको दर्द नही होता’

घाइते हुदा पनी रणवीर भन्छन ‘मर्दको दर्द नही होता’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । संजयलीला भन्सालीको निर्देशनमा बनिरहेको फिल्म ‘पद्मावती’ छायांकनका क्रममा अभिनेता रणवीर सिंह घाइते भएका छन् । फिल्मको क्लाईमेक्स सिन सुटिङको क्रममा रणवीरको टाउकोमा चोट लागेको थियो । तर, उक्त समयमा रणवीरले आफुलाई चोट लागेको महसुस गरेका थिएनन् ।

उनि आफ्नो काममै व्यस्त थिए । तर, टाउकोबाट रगत बग्न थालेपछि मात्र उनले थाहा पाए । त्यसपछी रणवीरले चोट महसुस गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । चोट लागेको थाहा पाउनासाथ रणवीरलाई नजिकैको हस्पिटलमा पुर्याएर उपचार गरिएको थियो ।

अन्तत: सामान्य उपचारपछी रणवीर काममा फर्कीसकेका छन् । साथै रणवीर उक्त घटनाका बारेमा आफ्ना फ्यानहरुलाई सन्तोष दिन एक ट्वीट पनी गरेका छन् । ‘As for the injury, i am fine, मर्दको दर्द नही होता…और बडी बडी फिल्मौ मे एइसी छोटी छोटी बातें होती रेहेती हे ।’

रणवीर यसअघी भन्सालीकै फिल्म ‘बाजिराव मस्तानी’को छायांकनताका पनी घाइते भएका थिए ।