अफ्ठेरो कसलाई ? रणवीर, दिपिका, रनबिर या दर्शक ?

अफ्ठेरो कसलाई ? रणवीर, दिपिका, रनबिर या दर्शक ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दिपिका पादुकोण र रणवीर सिंह पछिल्लो समयको बलिउडमा रुचाइएको जोडी हो । यी दुईले ३ फिल्ममा अनस्क्रिन रोमान्स गरिसकेका छन् । तर, दर्शक तथा फ्यानहरुलाई यो पनि थाहा छ की, यी दुई केहि बर्ष यता एकअर्कालाई प्रेम दिदै आइरहेका छन् ।

दिपिकाले अनस्क्रिन जुन अभिनेतासंग धेरै रोमान्स गर्छिन, अफस्क्रिनमा पनि उनै अभिनेतासंग रोमान्स गरेका कुरा मिडियामा आउँछन । दिपिकाले रणवीर सिंहसंग ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावती’मा काम गरिन । जहाँ ‘पद्मावती’लाई छोडेर बाँकी दुई फिल्ममा वर्तमान प्रेमीसंग गरेको रोमान्स दर्शकले मन पराईदिए । यो जोडीले अहिले पर्दा देखी लिएर पर्दा पछाडीसम्म प्रेम बाँडीरहेको छ ।

दिपिकाको कुरा गर्दा उनका पुर्वप्रेमी रनबिर कपूरको पनि नाम आउँछ । यी दुईले पनि तिन फिल्ममा संगै काम गरे । ‘बचना ए हसिनो’, ‘ए जवानी हे दिवानी’ र ‘तमाशा’मा यो जोडीको अनस्क्रिन रोमान्स खुबै रुचाइयो । रणवीर भन्दा पहिले रनबिरसंग दिपिकाले प्रेम साटिन । जति यी दुईले पर्दामा रोमान्स गरेका थिए । त्यो भन्दा बढी पर्दा पछाडी गरेका रोमान्सका खबरहरु मिडियामा फैलिएका थिए ।

पहिला जे जस्तो भए पनि भुतको कुरा नकोट्याउँदा नै ठिक होला । वर्तमानमा दिपिका र रणवीर सिंहको प्रेम मौलाईरहेको छ । यसले कसलाई के फरक पर्ला र ? तर, कुरा भुत र वर्तमानको भन्दा पनि भविष्यको छ । जुन कुराले यी तिन कलाकार र दर्शकलाई समेत अप्ठेरोमा पार्नेछ ।

जव यी तिनले एकै फिल्ममा संगै काम गर्नेछन् । भारतीय मिडियाका अनुसार यी तिन स्टारलाई लिएर फिल्म बनाउने प्रयास भैरहेको छ । यी तिन कुन फिल्ममा देखिने भन्ने कुरा फाईनल भैसकेको छैन । यदि यसो भैहाल्यो भने कसलाई धेरै असर पर्ला त ? दिपिका, रणवीर या रनबिर ? के सोच्नु भयो ? यो खबर सुन्न बितिक्कै तपाईको थोरै भएपनि टाउको दुख्यो होला । होइन त ?

सायद मनमा यस्तै खाले प्रश्न पनि उब्जिए होलान: दिपिकाले कसरी आफ्ना दुई प्रेमीलाई फेस गर्लिन ?, प्रेमिकाले आफ्नै अगाडी पुर्वप्रेमीसंग रोमान्स गर्दा रणवीरको हालत के होला ?, या त रनबिर कपूरले भुतका कुरालाई मिस गर्लान की नाइँ ? जे पनि होस् अहिलेलाई, तर यी तिनको सहकार्यले बलिउडमा कस्तो वातावरण सिर्जना गर्ला ?

बलिउडमा यी तिनलाई लिएर फिल्म बनाउने हल्लाहरु सुनिए पनि आधिकारिक सूचना बाहिरिएको छैन । यदि यो संयोग जुर्यो भने दर्शकका लागी यो फिल्म अवश्य प्रतिक्षित बन्नेछ ।