दोस्रो पटक रणवीरलाई अमिताभको हस्तलिखित पत्र

दोस्रो पटक रणवीरलाई अमिताभको हस्तलिखित पत्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंहलाई ‘बिग बि’ अर्थात अमिताभ बच्चनले हस्तलिखित पत्र पठाएका छन् । उक्त पत्र रणवीरले ‘पद्मावत’मा निर्वाह गरेको भूमिकाको तारिफ स्वरूप पठाईएको भारतीय मिडियाहरुले लेखेका छन् ।

रणवीरले आफ्नो इन्स्टा र ट्वीटर अकाउन्ट मार्फत उक्त पत्रको खाम सार्वजनिक गर्दै लेखेका छन् ‘मुझे मेरा अवार्ड मिल गया’ सर अमिताभ’ । अमिताभले २०१५ मा ‘बाजिराव मस्तानी’ हेरे पश्चात पनि रणवीरको प्रशंसा गर्दै हस्तलिखित पत्र पठाएका थिए ।

 

संजयलीला भन्साली निर्देशित ‘पद्मावत’मा रणवीरले सुल्तान अलाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् । जुन भूमिकालाई दर्शक र समिक्षकले औधि रुचाएका छन् ।

२५ जनवरीमा रिलिज भएको ‘पद्मावत’ले पाँच दिनमा १ सय २९ करोड भारु कमाईसकेको छ । सिनेमामा दीपिका पादुकोण र साहिद कपूरको पनि मुख्य भूमिका छ ।