‘रणवीर’को फस्टलुक पोस्टरमा सुशिल र प्रशान्तको एक्सन अवतार

‘रणवीर’को फस्टलुक पोस्टरमा सुशिल र प्रशान्तको एक्सन अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – चर्चित खलनायक प्रशान्त ताम्राकार र अभिनेता सुशिल सिटौला स्टारर सिनेमा ‘रणवीर’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । निकै मेहनत गरेर निर्माण गरिएको पोस्टरमा नायक र खलनायक बिचको द्धन्द्वलाई स्थान दिइएको छ । पोस्टरमा अभिनेत्रीलाई स्थान दिइएको छैन् । सार्वजनिक पोस्टरले सिनेमा एक्सन जनरामा निर्माण भएको देखाउँछ ।

मोसन पोस्टरमा अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकारको एङ्ग्री लुक्स समावेश गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरले एउटा कथा भन्ने निर्देशक गोबिन्द सिंह भण्डारीले बताए । सिनेमामा  निर्देशक भण्डारीकै कथा, पटकथा तथा संवाद छ ।

गोमा बिष्ट  र दिपेन्द्र रेग्मी निर्मित लभ र एक्सन ड्रामा सिनेमामा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता द्वय गोमा बिष्ट र दिपेन्द्र रेग्मीले कुनैपनि सम्झौता बिना सिनेमा निर्माण गरेको बताएका छन् ।

‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको सिनेमाले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ ।