सुशिल र प्रशान्तको टकराव ‘रणवीर’को एक्सन टिजर (भिडियो)

सुशिल र प्रशान्तको टकराव ‘रणवीर’को एक्सन टिजर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘रणवीर’को टिजर सार्वजानिक गरिएको छ । ‘रणवीर’ले यसअघि मोसन पोस्टर र पोस्टर सार्वजानिक गरे पश्चात टिजर रिलिज गरेको हो । सार्वजनिक टिजरमा सिनेमाका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला सिनेमाको तुलनामा सुशील सिटौलाको गेटअप ‘रणवीर’मा फेरिएको छ ।

उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । सिनेमामा प्रशान्त ताम्राकार नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको सिनेमाको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । महङ्गो बजेटमा तयार भएको सिनेमालाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । सिनेमामा सुशील सिटौला र प्रशान्त ताम्राकारका अलवा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, बसन्ती भाट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका सिनेमा आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ ।