रणवीरको पारिश्रमिक दुई गुणा बढ्यो

रणवीरको पारिश्रमिक दुई गुणा बढ्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – संजय दत्तको बायोपिक सिनेमा ‘सञ्जु’को सफलताले यतिबेला बलिउड तातेको छ । अफ सिजनमा रिलिज भएको सिनेमाले बलिउड बक्सअफिसमा कमालको व्यापार गरिरहेको छ । यसको फाइदा अहिले बलिउड अभिनेता रनवीर कपुरलाई भैरहेको छ । रनवीर ‘सञ्जु’का मुख्य पात्र हुन् । ‘सञ्जु’मा उनले गरेको अभिनयले चर्चा पाइरहेको छ ।

रनवीरले पछिल्लो समय विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन् । ‘सञ्जु’को सफलताले उनले लिदैं आएको पारिश्रमिक बढाएका हुन् । यसअघि उनले प्रतिविज्ञापनको ३ देखि ३५ कारोड भारु लिदैं आएकोमा अहिले त्यसलाई बढाएर ६ करोड पुर्याएको भारतीय संचार माध्यमले जनाएका छन् । उनले अबका केहि सातामा कयौं विज्ञापन खेल्ने बताइएको छ। रनवीर हाल एसियन पेन्टस, पेप्सी, पानासोनिक, रेनल्ट, फ्लिपकार्ट, माक्रोम्यान, साभव तथा हिरोकर्प जस्ता ब्रान्डसँग जोडिएका छन्।

पारिश्रमिक दोब्बर पारे पनि रनवीर भारतका महत्वपूर्ण सेलिब्रेटीको कोटीमा भने पर्दैनन्। ‘ब्रान्ड भ्यालु’का हिसाबले भारतमा हाल क्रिकेटर विराट कोहली ९१२ करोड भारूका साथ अग्रस्थानमा छन् भने उनलाई ६७८ करोड भारूसहित शाहरूख खान र ५९५ करोड सहित दीपिका पादुकोणले पछ्याइरहेका छन्।

रनवीर अभिनित ‘सन्जु’ले हालसम्म विश्व व्यापीरूपमा ५०० करोड भारूको कमाइलाई पार गरिसकेको छ।