रनबिरसँग ५ सिनेमामा काम गर्न चाहान्छन् राजकुमार हिरानी !

रनबिरसँग ५ सिनेमामा काम गर्न चाहान्छन् राजकुमार हिरानी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिले बलिउड बक्सअफिसमा बायोपिक सिनेमा संजुले धमाका मच्चाई रहेको छ । सिनेमाले ९ दिनमा २ सय ६५ करोड व्यापार गरिसकेको छ । यसको व्यापार र दर्शकको मिश्रीत प्रतिक्रियाले निर्देशक राजकुमार हिरानी र नायक रनबिर कपुर एकअर्काको प्रशंसा गरेर थाक्दैनन् । हिरानीले संजय दत्त र आमिर खानसँग दुई दुई फिल्ममा काम गरेका छन् । यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट छन् ।

यस्तैमा हिरानी निर्देशीत हालैमा रिलीज भएको सिनेमा संजु तीन सय करोडको दौडमा छ । एउटा खबर बाहिरिएको छ जसले बलिउडमा चर्चा पाइरहेको छ । डिएनएको रिर्पोटलाई आधार मान्दै आज तकले एउटा समाचार सम्प्रेषण गरेको छ, जसमा लेखिएको छ , हालैमा आयोजना भएको एक कार्यक्रममा रनबिर कपुर र राजकुमार हिरानीसँगै पुगेका थिए । उक्त कार्यक्रममा रनबिरले हिरानीलाई प्रश्न गरे तपाई मसँग कती ओटा सिनेमामा काम गर्नु हुन्छ । मलाई तपाईसँग फेरी एक पटक काम गर्न मन छ ।

साथै उनले भने तपाईले आमिर खान र संजय दत्तसँग दुई दुई ओटा सिनेमामा काम गर्नु भयो । यी सवै सिनेमा बक्सअफिसमा सुपरहिट छन, म जान्न चाहान्छु राजकुमार हिरानी मसँग दास्रो कहिले बनाउँछन्, जसमा म मुख्य कलाकारको भुमिकामा देखिन पाउँछु । यसपछि रनबिर कपुरले राजकुमार हिरानीलाई फेरी सोधे तपाई मलाई लिएर कती ओटा सिनेमा बनाउँन चाहानु हुन्छ । यसपछि हिरानीले हाँस्दै रनबिरलाई जवाफ दिए म तिमीलाई लिएर ५ ओटा सिनेमामा काम गर्न चाहान्छु । यो समाचारले अहिले बलिउडमा निकै चर्चा पाइरहेको छ । के हिरानीले सजवीरसँग ५ सिनेमा निर्माण गर्लान त ?