‘कुछ कुछ होता है’को सिक्वेलमा रणवीरसँग आलिया र जान्वी

‘कुछ कुछ होता है’को सिक्वेलमा रणवीरसँग आलिया र जान्वी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आज भन्दा २० बर्ष पहिले रिलिज भएको बलिउड सिनेमा हो ‘कुछ कुछ होता है’ । यो करण जोहरको डेव्यु निर्देशकिए सिनेमा हो । बक्सअफिसमा सुपरहिट भएको यो सिनेमामा करणले शाहरुख खान, काजोल र रानी मुखर्जीलाई मुख्य भुमिकामा प्रस्तुत गरेका थिए ।

इश्क १०४८ मा करणले चलाउने रेडियो शो ‘कलिङ्ग करण सिजन २’मा सिनेमा निर्माता तथा निर्देशक करण जोहरलाई एक श्रोताले ‘कुछ कुछ होता है’को रिमेक बन्छ की बन्दैन यदी बनाउनु भयो भने यसमा कोको कलाकारलाई कास्ट गर्नु हुन्छ भनी सोधेका थिए । जसको जवाफमा करणले भनेका थिए, यदि यो सिनेमाको सिक्वेल ‘कुछ कुछ होता है २’ बनेको खण्डमा रणवीर कपुर, आलिया भट्ट र जान्वी कपुरको मुख्य भुमिका रहने बताए ।

यो सिनेमा १९९८मा निर्माण भएको थियो । यहि सिनेमाबाट उनले बलिउडमा आफ्नो करियरको सुरुवात गरेका थिए । जान्वीले करणको सिनेमा ‘धडक’बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । भने आलियाले पनि करण जोहरकै सिनेमा ‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा पाइला टेकेकी थिइन् । यस्तै रणवीर कपुले पनि करण जोहले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ए दिल है मुश्किल’ र ‘ये जवानी हे दिवानी’मा काम गरि सकेका छन् ।