‘रामकहानी’ ट्रेलर रिलिज, पूजा शर्माको हरर रुप !

‘रामकहानी’ ट्रेलर रिलिज, पूजा शर्माको हरर रुप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘रामकहानी’को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि अफिसियल ट्रेलर सार्वजनिक गरियो । सिनेमाको सार्वजनिक ट्रेलर प्राय मुख्यकलाकारलाई देख्न सकिन्छ । ‘रामकहानी’को सार्वजनिक गीतले दर्शकको मन जीतीरहेको वेला सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ ।
करिब ३ मिनेट लामो ट्रेलरमा प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै खुराक छ । निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने हरेक सिनेमा दर्शकका लागि व्यग्र प्रतिक्षामा रहने गर्छ । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका सिनेमा निर्देशन गरिसकेका उनको नयाँ फिल्म ‘रामकहानी’ प्रदर्शनमा आउँदैछ ।

यो सिनेमा मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । आकाश र पुजाका अलवा ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् । मल्टिस्टारर यस सिनेमाको ट्रेलर धेरै दर्शकका लागि प्रतिक्षामा थियो । ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भूमिकामा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । उनको रोमान्टिकसँगै डरलाग्दो अवतार देखिएको छ ।

यो फिल्म पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको सिनेमामा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।